काठमाडौं । कवि गगन योक्पाङदेनको कवितासंग्रह ‘केवाफुङको गीत’ विमोचन हुने भएको छ । कवितामा स्थानीय विम्ब, रैथाने सौन्दर्य पस्किने कवि गगन योक्पाङ्देनको यो पहिलो कवितासंग्रह हो ।
माया पब्लिकेशन प्रा.लि.को प्रकाशन रहेको उक्त कवितासंग्रह आउने बुधबार दिनको २ बजे वरिष्ठ कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा काठमाडौंको बत्तिसपुतलीस्तिथ शिल्पि थिएटरमा एक समारोहवीच विमोचन हुन लागेको हो ।
फणिन्द्र संगमले सहजीकरण गर्ने उक्त कार्यक्रमका वक्ताहरुमा संचारिका समूहकी अध्यक्ष तथा वरिष्ठ कवि बिमला तुम्खेवा, डा अशोक थापा र समिक्षक तथा निबन्धकार गुरुङ सुशान्त रहेका छन् ।
मोरङको मिक्लाजुङमा २०४८ सालमा जन्मिएका कवि योक्पाङदेन निबन्ध लेखनमा पनि कलम चलाउदै आइरहेका छन् । मिक्लाजुङ साहित्य समाजको अध्यक्षसमेत रहेका उनी नेपाली साहित्य समाज उर्लाबारी मोरङको उपाध्यक्ष रहेका छन् । उनी जरुवा साहित्यिक चौमासिक पत्रिकाको सम्पादकसमेत हुन् ।
कवि योक्पाङदेन ‘द पोइट आइडल सिजन, १’ को उत्कृष्ट ७ सम्म पुगेका थिए भने राष्ट्रिय कविता महोत्सव २०७९ धरानमा पुरस्कृतसमेत भएका थिए ।