काठमाडौं । साहित्यकार अधिकारी विमलाको ‘बाल बगैँचा’ कवितासङ्ग्रह, साहित्यकार बसन्तकुमार बस्नेतको ‘बसन्तका कविताहरु’ कवितासङ्ग्रह र साहित्यिक भित्ते पात्रो २०८१ लोकार्पण गरिएको छ । काव्य घर नेपाल मिडिया प्रा.लिले आयोजनामा बागबजारस्थित होटल हार्दिकमा आयोजित उक्त कार्यक्रममा काव्यघर नेपाल मिडियाका अध्यक्ष राजकुमार खड्गाको सभापतित्व तथा भ्रष्टाचार बिरोधी अभियानका अभियन्ता तथा कालो सूर्य उपन्यासका लेखक बरिष्ठ साहित्यकार भरत जङ्गमको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बिशिष्ट अतिथि प्रा.डा.गोविन्द गुरागाई, प्रा.डा.रमेश शुभेच्छु,हिमलाल अधिकारी, बाल साहित्य लेखनका क्षेत्रमा चर्चित साहित्यकारहरु गङ्गा कर्माचार्य पौडेल, तथा ललिता ‘दोषी’, बरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहाल, अनेसास नेपाल च्याप्टरकी वरिष्ठ उपाध्यक्ष मन्जिला अनिल, गजल मञ्च पाँचथरका संस्थापक अध्यक्ष लेखनाथ सिकारु, देवी अधिकारी,दिपेन्द्रनाथ शर्मा, अम्बिका नरेन्द्र रेग्मी, घमप्रसाद अधिकारी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा प्रमुख अतिथि भरत जङ्गमले र्सिजनात्मक कर्म शारीरिक मानसिक सबलताको रुपमा प्रस्तुत रहने बताउँदै शारिरीक अस्वस्थताका बावजुद वसन्तद्वारा सिर्जना कृति वसन्तका कविताहरु चोटिलो रहेको बताउंदै अधिकारी बिमलाको कृति समेत उच्चकोटीको रहेकोले निरन्तर साहित्य सेवाका लागि आग्रह गरेका छन् ।
कार्यक्रममा गङ्गा कर्माचार्य पौडेल‘ले बाल बगैँचा’कृतिमाथि तथा डां.रमेश शुभेच्छुले ‘वशन्तका कविताहरू’ कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए भने अरुणबहादुर खत्री ‘नदी’ द्वारा स्रष्टा अधिकारी विमलाका गजलहरूमाथि समीक्षा गरिएको थियो । साहित्यकार शर्मा ललिता द्वारा साहित्यिक भित्तेपात्रो –२०८१ को समीक्षा गरिएको थियो । सो अवसरमा बरिष्ठ पत्रकार तथा ाहित्यकार पुरुषोत्तम दाहाल,देवी अधिकारी तथा प्रा.डा.गोविन्द गुरागाईले कृति सफलताको शुभकामना ब्यक्त गरेका थिए । लेखकीय मन्तव्यका क्रममा अधिकारी विमलाले आफ्नो र्सिजनात्मक कर्मको लामै फेहरिस्त भएता पनि पुस्तकाकारका रुपमा भर्खरै मात्र आएकोले समुचित पाठक प्रतिक्रियाका आधारमा आगामी लेखन कर्ममा परिष्कृत गर्दै लैजाने बिचार ब्यक्त गरेकी छन् ।
कार्यक्रमका सभापति राजकुमार खड्काले स्रष्टाहरु साहित्य सृजनामा सम्वेदनशील हुनुपर्ने बताउँदै काव्य घर नेपाल साहित्यकारहरुका लागि साझा चौतारी रहेकोले समग्रमा स्रष्टाहरूको कृतिको उचित जगेर्ना, संरक्षण र उचित वितरणको व्यवस्थापन गरिएको विश्वास अक्षुण्य राख्न भूमिका खेल्ने बिचार ब्यक्त गरेका छन् ।
बाल साहित्यकार ललिता दोषीद्वारा स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा जयराम बिडारीद्वारा धन्यवाद ज्ञापन गरिएको थियो भने कार्यक्रममा चर्चित साहित्यकारहरू लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा,नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ चेतनाथ धमला,टपटेन खवरका नन्दलाल खरेल,थिमी टाइम्सका दीपक श्रेष्ठ बिजपत्ति डटकमका ऋषप गौतम, दिव्य गिरी, माधव घिमिरे ‘अटल’ सुभाषचन्द्र पौडेल‘भीमफेदीया’दीपक भेटुवाल राज रजक, रश्मी रिजाल, रूवि सत्याल, इन्दिरा ढकाल, सुमन पुडासैनी ‘मित्र’ हिमलाल अधिकारी, समिर गौतम, दिपेन्द्रनाथ शर्मा,अम्बिका रेग्मी , नरेन्द्र रेग्मी , प्रतिमा बोहोरा,प्रल्हद बस्नेत, रघुनाथ बस्नेत, विश्व बस्नते, संगीता बस्नेत, सावित्री बस्नेतलगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रमा अवसरमा अतिथि मन्जिला अनिलले विमोचित कृतिवाट सिर्जना बाचन गर्नु भएको थियो भने साहित्यकार इन्दु पन्तले उक्त अवसरमा साहित्यिक भित्तेपात्रोबाट आफ्नो रचना बाचन गर्नु भएको थियो ।
नेपाल बोर्डर टेलिभिजनको अध्यक्ष , पेरोल काव्य घर नेपाल साहित्य विभाग प्रमुख तथा काव्य घर नेपाल मिडिया प्रा.लिका महासचिव रेणुका भट्टराईद्वारा कार्यक्रम सञ्चालन गरिएको थियो ।