April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सांसद चौधरीको प्रश्न, ‘दाङका विभिन्न क्षेत्रको जग्गा कसरी स्वर्गद्धवारी गुठिका नाममा पारियो ?’

२०८० फाल्गुन १०

1.3K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य एवं प्रतिनिधिसभा सदस्य मेटमणी चौधरीले दाङका विभिन्न क्षेत्रको जग्गा स्वर्गद्धवारी गुठिका नाममा कसरी गर्यो भन्दै प्रश्न गरेका छन् ।

विहीबार संसदमा बोल्दै नेता चौधरीले भने, महेन्द्र शाहले २०२८ सालमा २५ विगाहको हदबन्दि लागु गरेपछि एकै रातमा दाङ देउखुरी क्षेत्रको बनगाउँ, मजगाउँ, भूरीपुर, दाङ उपत्यकाको मैनावार, रतनपुर लगायत १ हजार ५० विगाह जमिन स्वर्गदारी गुठिमा पारिएको थियो। किसान, गरिबहरूले बर्षौदेखि भोकचलन गर्दै आएको उक्त जमिन गुठिमा सार्ने कामका विरुद्धमा अहिले किसानहरू आन्दोलनमा उत्रिनु भएको छ ।’

नेता चौधरीले अगाडि भने,‘जनताको जग्गा स्वर्गद्धवारी गुठिमा पार्ने कामका विरुद्धमा किसानहरू ओक्रोशित हुनुहुन्छ । सयौं वर्षदेखि भोकचलन गर्दै आएको जमिन गुठिका नाममा किन सारियो, यसको बारेमा सरकारले उचित निर्णय लिनुपर्छ । किसानहरूको जमिन सामान्तीहरुले डकैतीशैलीमा गुठिका नाममा सारिदा अन्यायमा परेका किसानहरू आज आन्दोलित बनेका छन्, जसमा मेरो पूर्ण समर्थन छ ।’

Advertisement