जङ्गबहादुरको नयाँ मुलुकी ऐन, सन् १८५४ ले नेपालका विभिन्न जात (Caste), जनजाति (Nationalities)लाई तागाधारी (Sacred Thread Wearer) र मतुवाली (Alcohal Drinking) भनेर बाँड्यो। जात व्यवस्थामा एउटा शुद्ध (Holly) र अर्को अछुत (Untouchable) भनेर बाँड्यो भने मतुवालीमा मासिन्या (Inslavable) न नमासिन्या (Non-inslavable) भनेर बाँड्यो। धेरै जनजाति जो मासिन्या भनेर छुट्यायो, ती मध्ये तामाङ एउटा ठूलो र जङ्गबहादुरको चारभञ्ज्याङ भन्दा उता सघनरूपमा सम्भवतः इसामसिहको चौथो-पाँचौं शताब्दी देखिनै सघनरुपमा बसोबास रहेको आदिवासी जनजाति समुदाय हो।
उनीहरूलाई किन मासिन्या भन्यो? किन त्यसको विरुद्ध प्रतिरोधको संघर्ष भएन? तामाङ जनजातिले किन विद्रोह गरेन? र, पिपा पदमा सिमित भई किन सैयौँ वर्ष बस्यो? बहस, विमर्श छैन। राजु स्याङतान, लक्ष्मी रुम्बा, र रावतले नाटकको माध्यमबाट बहस सुरु गर्न मासिन्या नाटकको सृजना गरेका छन्।
प्रिमियर सोमा पुगेँ तर १ घण्टामा पनि नाटक सुरू नभए पछि खुरुक्कन घर फर्केँ। आज ५ जना परिवार र नाताका मित्रहरूलिएर मासिन्याँ हेर्न पुगेँ।
आज पनि झण्डै ३० मिनट ढिलो सुरु भएको नाटक मासिन्या हेर्दा, कला र प्रस्तुति सबै भन्दा बलियो लाग्यो। कथाले संस्कृति, प्रेम, शोषण, साम्यवादी विचार र जातीय उत्पिडन समेट्न प्रयत्न गर्दा मूल विषयवस्तु (थिम) प्रति न्याय गर्न नसकेको हो कि ! जस्तो भयो। मूल विषयवस्तु हराएको त होइन ? भन्ने भयो। जे होस् दर्शकले टम्म भरिएको नाटकघरका युवावर्गको उपस्थिति ले नै बताउँछ, तामाङ जनजाति मासिन्या होइन, कहिले नमासिन्या जनजाति हो।
अपितु यो मासिन्या शब्द नेपालमा मात्र शासक वर्गले प्रयोग गरेको नभई हिजो, अस्ति सन १९५७ मा अन्तर्राष्ट्रिय श्रमसंगठनको महासंधि, १०७ ले आदिवासी जनजाति अस्थायी जाति (temporary Community) हुन भनेको विर्सन हुन्न ।
महासंधि १०७, अत्यन्त जातिवादी भयो भनेर प्रतिवाद गर्दा महासन्धि, १७९ को जन्म भएको थियो । मासिन्याको अन्त प्रतिरोध हो। एवम् प्रकारको प्रतिवादले तामाङ् लगायत ५९ समुहहरू नेपालका आदिवासी/ जनजाति हुन् भनेर २०५८ सालमा राज्यले ऐन मार्फत जारी गरेको हो। र ‘मासिन्या’ शब्द इतिहास भइसक्यो।
खैर यस्ता हजारौँ नाटकको सृजनाले एउटा जनजाति सभ्य र समृद्ध बन्न सघाउ पुग्छ। उप्रतिको प्रेत, मसान, अन्त हुन्छ। त्यो हिसाबले लेखक, निर्देशक र कलाकारहरू निश्चयनै धन्यवाद र वधाईका पात्र छ्न् । जय होस् तामाङ जनजातिको।