April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

“पर्वले अनेकतामा एकता कायम गर्छ”- देउवा

1.2K

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले ‘अनेकतामा एकता’ कायम गर्ने बताएका छन् । सोमबार मकर सङ्क्रान्ति/माघे सङ्क्रान्ति’को अवसरमा शुभकामना व्यक्त गर्दै उनले यसले राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका हुन्।

उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको बताए। सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेसा अवलम्बन गर्ने नेपालीका बिचमा सुमधुर सम्बन्ध कायम गर्न पर्वले सघाएको पनि उनले बताए ।

सभापति देउवाले यस पर्वका अवसरमा यस दिनलाई विशेष पर्वका रूपमा मनाउने थारु समुदायलगायत अन्य समुदायका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा कांग्रेस र आफ्नोतर्फबाट सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

Advertisement