April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

साहित्यकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरु’ प्रकाशित

1.6K

लण्डन । कवि तथा उपन्यासकार आशा लिम्बूको उपन्यास ‘अकल्पित मोडहरु’ प्रकाशित भएको छ । संग्रह समकालीन साहित्य प्रतिष्ठान बेलायतले बजारमा ल्याएको हो ।

धरानको परिवेशमा लेखिएको यस यथार्थवादी उपन्यासमा मानिसका जीवनमा आउने विभिन्न अकल्पित मोडहरूको सम्भावना र यथार्थलाई सङ्केत गरेको छ ।

उपन्यासमा प्रेम र विछोडको मार्मिक कथा रहेको छ । एउटा प्रेमिल संसारमा हुने यथार्थ र द्वन्द्वपूर्ण परिवेशको जीवन्त प्रस्तुति गर्न अकल्पित मोडहरु उपन्यास सफल भएको छ ।

Advertisement

वि.सं. २०३५ सालदेखि साहित्य लेखनमा सक्रिय स्रष्टा आशा लिम्बूको यस अघि ‘आशाका रङहरु’ कवितासङ्ग्रह र ‘मुक्त आशा’ मुक्तकसङ्ग्रह प्रकाशित भएका छन् ।