April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

भोजपुर प्रतिभा सम्मान हिरण्य भोजपुरे र पुरस्कार करुणा राईलाई प्रदान गरिने

1.3K

भोजपुर प्रतिभा प्रतिष्ठान वेलायतले हरेक दुई–दुई वर्षमा प्रदान गर्दै आईरहेको प्रतिभा सम्मान र प्रतिभा पुरस्कार वि.सं. २०८० को लागि संगीतकार, गायक तथा लेखक हिरण्य भोजपुरेलाई भोजपुर प्रतिभा सम्मान र कवि करुणा राईलाई प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रत्येक दुई बर्षमा प्रदान गरिने सम्मान राशि रु १५,००० अक्षरेपि (१५ हजार रुपैया) र ताम्रपत्र रहेको छ भने प्रतिभा पुरस्कार राशी रु ३५,००० अक्षरेपी (पैतिस दश हजार) सहित ताम्रपत्र रहेको छ ।

संस्थाले यस अघि साहित्यकार पुर्ण प्रकाश यात्री, साहित्यकार परशु प्रधान, साहित्यकार कृष्ण जोशी, साहित्यकार जिवि लुगुन, साहित्यकार सैलेन्द्र साकार, साहित्यकार मन्जुल, साहित्यकार गायक तथा संगीतकार गणेश रसिक, ईतिहासकार ज्ञान मणी नेपाल र श्याम तमोटलाई सम्मान गरिसकेको छ ।

Advertisement

यसैगरी पुरस्कृत हुनु हुने स्रष्टाहरुमा कवि श्रवण मुकारुङ, संगीतकार दिनेश वान्तवा, कवि विप्लक ढकाल, कवि विमल गीरी, धावीका मीरा राई, कवि तथा समालोचक पूर्ण ईन्फादा, गायक भिषण मुकारुङ र लेखक कविता राईलाई प्रदान गरी सकेको छ ।

यस वर्षको सम्मान र पुरस्कार २०८१ साल वैशाखमा एक भब्य कार्यक्रमको आयोजना गरी प्रदान गरिने संस्थाले जनाएको छ ।