November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

ललितपुरमा ‘बृहत् सांस्कृतिक तथा धार्मिक पर्यटकीय नागदह सरसफाइ कार्यक्रम’ हुँदै

7.7K

काठमाडौं । ललितपुरमा ‘बृहत् सांस्कृतिक तथा धार्मिक पर्यटकीय नागदह सरसफाइ कार्यक्रम’ आयोजना हुने भएको छ । नखिपोटस्थित युङ्चाहिमको आयोजनामा कार्यक्रम गर्न लागिएको हो ।

पुस १५ गते ३ बजे ‘सर्पेन्ट भ्यू रिसोर्ट’ धापाखेल, नागदहमा हुने उक्त कार्यक्रमको मूख्य आकर्षण ‘दि भोइस अफ नेपाल’की कोच मिलन नेवार रहेकी छन् ।

कार्यक्रममा गायक कन्चन थलङ, कलाकार उपासना नेम्बाङ, राजन पल राई, उत्तम लिम्बू, मुना ठटाल, सम्झना योङहाङ, नितु पुन मगर लगायतको पनि प्रस्तुति रहने छ।

Advertisement

अंग्रेजी नयाँ वर्ष तथा तमु ल्होसारको अवसरमा आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संचालन संचारकर्मी सम्पदा योङ्याले गर्नेछिन् । उक्त कार्यक्रम प्रवेशका लागि ‘टिकट सिस्टम’ रहेको र सोवापत संकलन भएको रकमले नागदह सरसफाइ गरिने आयोजकले जनाएको छ ।