November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जन्मदिनको अवसरमा आर्थिक कमजोर चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण

2.3K

काठमाडौं । जन्मदिनको अवसरमा आर्थिक रुपमा कमजोर रहेका चेपाङ बालबालिकालाई न्यानो लुगा वितरण गरिएको छ । बिगतमा पनि आर्थिक, सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई विभिन्न सामाग्री बितरण गर्दै आएका अभिषेक घिसिङले जन्मदिनको अवसरमा यसपटक पनि न्यानो लुगा वितरण गरेका हुन् ।

धादिङ जिल्ला रोराङ गाउँपालिका वडा नम्बर २ स्थित घैराङ आधारभूत विद्यालयका ९२ जना आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।

चिसोको समयमा आर्थिक अभावका कारणले बालबालिकाले ज्यान गुमाउनु परेको, विद्यालय छोडनुपरेको तितो अनुभव संगालेका घिसिङले हरेक बर्षको आफ्नो जन्म दिनको अवसर पारेर गरिब तथा दुखी बालबालिकालाई सहयोग गर्दै आइरहेका छन्।

Advertisement

सामाजिक अभियान्ता एवं युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य ,नेकपा (एकीकृत समाजबादी)का नेत्री रेखा तामाङ लोप्चनको विशेष पहल र अहिले अमेरिका बस्दै आएका अभिषेक घिसिङको आर्थिक सहयोगमा न्यानो लुगा वितरण गरिएको रेखा तामाङ लोप्चनले बताइन् ।

रोराङ गाउँपालिका वडा नम्बर २ मा रहेको घैराङ आधारभूत विद्यालयमा पढिरहेका चेपाङ बालबालिकाको आर्थिक अवस्थाको बारेमा चन्द्रमान थिङ तामाङले जानकारी गराएपछि सहयोग गर्न उत्प्रेरित भएको लोप्चनले बताए ।