April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

मुस्लिम समुदायका इस्लाम धर्मगुरुहरुद्वारा नेपालसँग भेटघाट

1.6K

काठमाण्डौं । मुस्लिम धर्मगुरुहरुले नेकपा (एकीकृत समाजवादी ) का अध्यक्ष माधवकुमार नेपाल सँग भेटघाट गरेका छन्। आईतबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा मुस्लिम समुदायका अगुवाहरुसँग भेटघाट भएको हो ।

पार्टीका केन्द्रीय सदस्य तथा मुस्लिम इत्तेहद संगठनका इञ्चार्ज तथा अध्यक्ष ताज मोहम्मद मियाँको नेतृत्वमा मुस्लीम समुदायका अग्रज तथा धर्मगुरुले समसामयीक समस्याहरुलाई लिएर भेटघाट गरेका हुन् ।

समाजमा विद्यमान मुस्लिम समुदायको धार्मीक तथा सांस्कृतिक समस्याहरु , तिनको संरक्षण , प्रवर्धन , विकास र त्यसको निराकणमा अग्रणी भूमिका खेलिदीन हुन अग्रजहरुको आग्रह थियो ।

Advertisement

भेटघाटमा पार्टीका केन्द्रीय सचिव तथा कार्यालय सचिव जीवनराम श्रेष्ठ र पार्टीका पोलिटव्यूरो सदस्य रामकुमार भट्टराई सहित नेताहरुको उपस्थिति रहेको थियो ।