April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

‘गाउँ फर्किरहेको परदेशी’ कवितासङ्ग्रहको काठमाडौं विमोचन सम्पन्न

5.2K

काठमाडौं । जापानमा रहेर साहित्य क्षेत्रमा कलम चलाइरहेकी कवि सयपत्री थुलुङ्को कवितासङ्ग्रह ‘गाउँ फर्किरहेको परदेशी’को काठमाडौमा विमोचन सम्पन्न भएको छ । सम्भव समूहको आयोजनामा शनिबार मण्डला थिएटरमा कार्यक्रम सम्पन्न भएको हो ।

अध्ययनको सिलसिलामा जापानमा रहेकी संखुवासभाका कवि थुलुङ विगत डेड दशकदेखि साहित्य सिर्जनामा क्रियाशिल छन् । २०७० सालमा ‘शान्तीको फूल' गजलसङ्ग्रह ल्याएकी थुलुङको यो पहिलो कवितासङ्ग्रह हो ।

कार्यक्रमका वक्ताहरू वरिष्ठ कवि श्रवण मुकारुङ, कवि ज्योति जंगल र कवि उत्तम तुम्सा लिम्बु रहेका थिए।

Advertisement

कवितासंग्रहबारे बोल्दै कवि उत्तम तुम्साले भने, ‘कविता लेखनको आ-आफ्नै पक्ष हुन्छ । गाउँ फर्किरहेको परदेशी अनुभुतीको गर्भबाट निस्किएको एउटा सफा सङ्ग्रह हो ।’

त्यस्तै पुस्तकबारे बोल्दै कवि ज्योति जङ्गलले प्रेमको मसिले लेखिएको यो सङ्ग्रह आशा र आत्मबलको बाटो देखाइरहेको राम्रो पुस्तक बनेको बताइन् । देश प्रेम र यो राज्यसत्ता माथि शान्त प्रहार गर्ने सबल कृति भएको उनले औल्याइन् ।

वरिष्ठ कवि श्रवण मुकारुङले कुनै सिपालु संगीतकारले सक्यो भने सबै कवितामा संगीत भर्न सकिने कुरा राख्दै कवि थुलुङलाई अब कविताको यात्रामा बलियो गरी निस्किएको र नछुङ्को दोस्रो स्टेपमा पुगिसकेको बताए।

कार्यक्रममा कवि मिथोच र रंगकर्मी नुसा लिङ्देनले सङ्ग्रह भित्रका एकएकवटा कविता वाचन गरेका थिए भने कवि आफै एउटा कविता वाचन गर्दै आफूलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।