काठमाडौं । फिल्म ‘दिमाग खराब’को प्रदर्शन स्थगित नहुने भएको छ । बिहीवार संघको कार्यालय विशालनगरमा बसेको फिल्म निर्माता र प्रदर्शक संस्था चलचित्र संघबीचको बैठकले प्रदर्शनलाई निरन्तरता दिने निर्णय भएको हो ।
बैठकपछि विज्ञप्ति जारी गर्दै दर्शकको मागअनुसार शो बढाउँदै जाने कुरामा सहमति जुटेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए । तर, फिल्म चलिञ्जेल ५० प्रतिशत सेयर कायम गर्नुपर्ने निर्माताको मागमा सहमति जुट्न सकेन । यसका लागि मंगलबार पुनः अर्को चरणको बैठक बस्ने सहमति पनि जुटेको छ ।
बैठकमा फिल्मका तर्फबाट निर्माता, निर्देशक र वितरक सहभागि थिए ।