काठमाडौं । गायक तथा निर्माता मनि ताम्लिङ निर्मित लिम्बु कथानक चलचित्र ‘थेत्लङ’ कोरियामा प्रदर्शन हुने भएको छ । किरात याक्थुङ चुम्लुङ साँस्कृतिक विभाग कोरियाको आयोजनामा चलचित्र प्रदर्शन हुन लागेको हो ।
लिम्बु समुदायको रीतिरिवाज तथा संस्कारसंस्कृतिमा आधारित उक्त चलचित्र नोभेम्बर १९ तारिख आइतबार कोरियाको सिओलस्थित नेपाली थाइ रेटुरेन्टको हलमा प्रदर्शन हुन लागेको निर्माता ताम्लिङले बताए।
आफ्नै भाषा, धर्म ,संस्कार र संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्दै समुदायका चलचित्रकर्मीहरूको प्रोत्साहनको निमित्त यस चलचित्रलाई प्रदर्शन गर्ने कियाचु कोरियाको उदेश्य रहेको बताइएको छ ।
चलचित्र थेत्लङको यसअघि अमेरिका, हङकङ, दुबई, सिक्किम र नेपालका काठमाडौं, धरान लगायत विभिन्न ठाउँमा सफल प्रदर्शन भइसकेको छ ।