काठमाडौं । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको छ । उनीहरुलाई युद्धग्रस्त इजरायलबाट उद्धार भएको हो ।
भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना नेपालीहरु भारतको नयाँदिल्ली आइपुगेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् । उनीहरुलाई राजदूत शर्माले नयाँदिल्लीमा स्वागत गरेका थिए ।
दशैंका बेला घर फर्किन पाएकोमा नेपालीहरु उत्साहित रहेको र उनीहरुलाई घरसम्म जान गाडीको व्यवस्था गरिएको राजदूत शर्माले जानकारी दिएका छन् ।
यसअघि नेपाल सरकारले काठमाडौंबाट नेपाल एयरलाइन्सको हवाईजहाज इजरायलको तेलअविव पठाएर २५४ नेपालीहरुको उद्धार गरेको थियो ।