November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

जबरजस्ती करणी गरेको अभियोगमा एक नाबालकसहित तीनजना पक्राउ

1.4K

विराटनगर । जबरजस्ती करणीमा संलग्न तीनजना पक्राउ परेका छन् । २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक नाबालकसहित ३ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं.११ तुल्ही बस्ने बर्ष २० को बिनोद चौहान, सोही ठाउँमा बस्ने बर्ष ४० को टेक बहादुर तामाङ र एक नाबालक रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई गत सनिवार बेलुकी अन्दाजी ११ बजेको समयमा जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं.३ बरगाँछीस्थित खुल्ला चौरमा मोरङकि बर्ष २५ वर्षीया महिलालाई बलात्कार गरेको अभियोग लागेको छ ।

Advertisement

उनीहरूलाई महिलालाई जवरजस्ती करणी गरेको कसूरमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी जवरजस्ती करणी अन्तर्गत मोरङ जिल्ला अदालतबाट पक्राउ स्वीकृति लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ।