काठमाडौं । बागमती नदीको किनारमा एक युवकको शव फेला परेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित बागमती नदीको किनारमा युवकको शव भेटिएको हो ।
प्रहरीका अनुसार बुद्धनगर बस्ने २० वर्षीय विमल महरा नदी किनारको झाडीमा मृत भेटिएका हुन् ।
घटनास्थलमा प्रहरी वृत्त बानेश्वरको टोली पुगेर अनुसन्धान थालेको छ । घटनास्थलमा रगत र सिरिन्ज भेटिएको प्रहरीले जनाएको छ ।
उनी लागु औषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।