June 22, 2024, Saturday
२०८१ असार ९
1:37:26 pm

नेपालसहित ८८ भन्दा बढी देशको सहभागिता रहेको ‘कतार एक्स्पो २०२३’ को औपचारिक उद्घाटन

शारदा भुजेल
२०८० आश्विन २३

1.5K

दोहा । नेपालसहित ८८ देश भन्दा बढीको सहभागिता रहको कतार एक्स्पो २०२३मा नेपाल पेभिलियनको औपचारिक रूपमा उद्घाटन गरिएको छ। अल बिद्दा पार्कमा जारी एक्सोमा रहेको नेपाली पेभिलियनको नेपाली राजदुतावास कतारका महामहिम डाक्टर नरेश बिक्रम ढकालले एक कार्यक्रमबीच सोमबार साँझ उद्घाटन गरेका हुन्।

नेपाल सरकार नेपाली राजदुतावास दोहा कतार, निर्यात व्यवसायी महासंघ तथा नेपाल व्यवसायी संघ कतार प्रर्वद्धक रहेको कतार एक्स्पो २०२३ मा नेपालमा उत्पादित नेपाली चिया, जडीबुटी हर्वल, अलैची, अदुवा, नेपालमा बनेको कपडा, जुत्ता लगायतका वस्तुहरु राखिएका छन् ।

उद्घाटन कार्यक्रममा गैरआवासीय नेपाली संघ कतारको संयोजनमा नेपाललाई विश्वभर चिनाउन नेपाली संस्कृति, झल्काउने भेषभुषा, पहिरन, हलो, डोको, नाङलो र पन्चेबाजासहित झाँकीहरोइ प्रस्तुत गरिएको थियो।

Advertisement

एक्स्पो अवधीभर एनसीसी कतारको संयोजनमा विभिन्न कलाकारहरुको साँस्कृतिक प्रस्तुति रहनेछन् ।

‘हरियो मरुभूमि राम्रो वातावरण’को नाराका साथ
अल बिद्दा पार्कमा जारी प्रदर्शनीमा आधुनिक कृषि सम्बन्धि एक्स्पो मध्यपूर्व तथा उत्तर अफ़्रिकि क्षेत्रमा नै पहिलोपटक कतारले आयोजना गरेको हो ।

सन् २०२४ को मार्च २८ सम्म चल्ने एक्स्पोमा विश्वभरबाट तीस लाख पर्यटक कतार आउने अनुमान गरिएको छ ।