April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

मदन पुरस्कार २०७९ विवेक ओझाको ‘ऐँठन’लाई

1.2K

काठमाडौं । विसं‌ २०७९ को मदन पुरस्कार विवेक ओझाको ‘ऐँठन’ र जगदम्बाश्री पुरस्कार टेकवीर मुखियालाई प्रदान गरिने भएको छ । आइतबार बसेको मदन पुरस्कार गुठीको बैठकले यस्तो निर्णय गरेको हो ।

मदन पुरस्कारको श्रेष्ठ सूचीमा पाँचमा कृति छनोट भएका थिए। जसमा ओझाको ‘ऐँठन’, सुबिन भट्टराईको ‘इजोरिया’,  द्वारिकानाथ ढुंगेलको ‘चक्रव्यूहमा नेपालको जलस्रोत’, प्रगति राईको ‘थाङ्ग्रा’ र सञ्जय विष्टको ‘माटाको घर’ रहेका थिए।

जसमध्ये ओझाको ‘ऐँठन’लाई पुरस्कार दिने घोषणा गरिएको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दमणि दीक्षितले बताए।

Advertisement

मदन र जगदम्बाश्री दुवै पुरस्कारको राशी ४/४ लाख रहेको छ।