July 20, 2025, Sunday
२०८२ श्रावण ४
1:37:26 pm

‘निक्षिप्त रक्तबीज’ उपन्यास कृति विमर्श कार्यक्रम सम्पन्न

2.3K


काठमाडौं । साहित्यकार निरन्जन पन्तको ‘निक्षिप्त रक्तबीज’ कृतिकोविमर्श कार्यक्रम सम्पन्न भएको छ । आइतबार संचार केन्द्र नेपालको सभाहलमा काव्य घर नेपालको आयोजनामा विमर्श कार्यक्रम सम्पन्न भएको हो

तीन चरणमा संचालन गरिएको कार्यक्रमको पहिलो चरणमा आख्यानकार जलेश्वरी श्रेष्ठ, साहित्यकार रामप्रसाद पन्त, युवराज मैनाली, पूर्व शिक्षा मन्त्री देवीप्रसाद ओझाको बिशिस्ट आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन संयुक्त रुपमा ब्यानर पढेर गरिएको थियो ।

कार्यक्रममा निक्षिप्त रक्तबीज कृतिको समालोचकीय दृष्टिकोण प्राध्यापक डा अशोक थापा र ठाकुर शर्मा भण्डारीले राखेका थिए । कृतिको समालोचकीय धारणा राख्दै समिक्षकद्वयले चालीसको दशमा प्रकाशित कृतिले यतिबेला आएर परिचर्चा पाउनु स्रष्टा प्रतिको सम्मान पनि भएको र यो एउटा सामाजिक उपन्यासको कृति भएको दाबी गरे । यो कृति एउटा सबल कृति रहेकाले यो कृतिका विषयवस्तु र पात्रहरू आज पनि उतिकै महत्त्व राख्ने बताएका थिए ।

Advertisement

दोस्रो चरणको कार्यक्रममा साहित्यकारहरू युवराज मैनाली रामप्रसाद पन्त जलेस्वरी श्रेष्ठले कृतिकार र कृतित्वको प्रशंसा गर्दै युगसम्म यो कृतिले स्थान पाइरहने र कृतिकारको भविष्य सधै जुन झै झलमल्ल रहिरहने तर्क राखे ।

तेस्रो चरणको कार्यक्रममा काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाको जन्मोत्सव पनि आजै परेको र उक्त अवसरमा आमन्त्रित अतिथिहरूबाट बधाई शुभकामना समेत प्रदान गरिएको थियो ।

इन्दु पन्तले लेखको परिचय गराउनु भएको कार्यक्रममा साहित्यकार शर्मा ललिता, रत्ना त्रिपाठी, गौरीशंकर गौतम, इन्दिरा ढकाल, महेश प्रेमी उदास, ईश्वरीप्रसाद भट्टराई, शान्ति सुवेदी, तारा भण्डारी, उत्तमराज त्रिपाठी, सुनिता बिक रोशन खड्का, साकोस अध्यक्ष सरस्वती गौतम लगायत तीन दर्जन स्रस्टाहरूको उपस्थितिमा कार्यक्रम भएको थियो ।

लेखक निरन्जन पन्तले कृतिमा उठेका सवालको समेत जवाफ राख्दै कृति जन्मिनुमा जीवन संगीनिको भूमिकाको समेत उच्च मूल्यांकन गर्दै निरन्तर कृतित्वको कार्यमा लागिरहेको बताए । काव्य घर नेपालको महासचिव रेणुका भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालक काव्य घर नेपालका अध्यक्ष राजकुमार खड्गाले गरेका थिए ।