April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

र्चमा मितव्ययी भएर तीज मनाउनु पर्छः गृहमन्त्री श्रेष्ठ

1.1K

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खर्चमा मितव्ययी भएर तीज मनाउपर्ने बताए । शुक्रबार गृहमन्त्रालयमा आयोजित तीज शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले तीज पर्वलाई पितृसत्तात्मक विकृतिबाट मुक्त गर्दै सांस्कृतिक उत्साह तथा उत्सवका रूपमा मनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘उल्लास त गर्ने नै हो, तर आफ्नो जिम्मेवारीमा सधैँ प्रतिबद्ध भएर, खर्चमा मितव्ययी भएर मनाउनुपर्छ ।’

निरंकुश शासनकालमा राज्यको उत्पीडनविरुद्ध तीज पर्वलाई, तीजको गीत र नृत्यलाई उपयोग गर्ने गरिएको उनले स्मरण गर्दै शरीरसँगै मन पनि नाच्नुपर्ने र योगध्यानलाई पनि नियमित गर्नुपर्ने उनले बताए ।

Advertisement