September 26, 2023, Tuesday
२०८० आश्विन १०
1:37:26 pm

राष्ट्रिय भूमि आयोगद्धारा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट आवेदन माग

400

काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीबाट आवेदन माग गरेको छ । उनीहरुलाई जग्गा उपलब्ध गराउने तयारी गरेको आयोगले स्थानीय तहबाट वडाका तोकिएका स्थानहरुमा खटिएका लगत संकलकमार्फत् ३५ दिनभित्र निवेदन दिन भनेको छ ।

आयोगले शुक्रबार सूचना जारी गरी कोशी प्रदेशका इलाम, सुनसरी, सोलुखुम्बु, मोरङ, झापा, संखुवासभा र उदयपुरमा र मधेश प्रदेशका सप्तरी, सिरहा, सर्लाही, महोत्तरी, रौतहट, पर्सा र बारामा, बागमती प्रदेशका दोलखा, नुवाकोट, रामेछाप, धादिङ, सिन्धुली, रसुवा, काभ्रे, काठमाडौं र भक्तपुरबाट आवेदन माग गरेको छ ।

यसैगरी गण्डकी प्रदेशका बागलुङ, तनहुँ र नवलपरासी पूर्व, लुम्बिनी प्रदेशका रुपन्देही, बाँके र बर्दिया, कर्णाली प्रदेशका दैलेख र डोल्पा तथा सुदूरपश्चिम प्रदेशका बझाङ, डोटी, कैलाली, अछाम, दार्चुला, डडेलधुरा र बैतडीमा पनि आवेदन संकलन हुने आयोगले जनाएको छ ।

Advertisement