April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

ज्येष्ठ नागरिक सम्मान तथा  तीज विशेष कार्यक्रम सम्पन्न

1.8K

काठमाडौ । पेसागत महासंघ  नेपाल (कोनेप) अन्तर्राष्ट्रिय महिला समितिले पूर्व योगदान रहेको ज्येष्ठ महिलालाई सम्मान गरेको छ । बिहीबार काठमाडौंस्थित पेशागत  महासंघको सभाहल लैनचौरमा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान गरिएको हो । सो अवसरमा  तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न भएको  छ । 

कार्यक्रममा नेकपा एकीकृत समाजवदीका उपाध्यक्ष तथा अनेमसंघ (समाजवादी) का अध्यक्ष जयन्ती राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।  कार्यक्रममा ज्येष्ठ र पूर्व योगदान दिने शिक्षक आन्दोलनकी नेत्री कमला अमात्य र ११२ बर्षिया बाटुली लामिछानेलाई सम्मान गरिएको छ ।

पेसागत महासंघ  नेपालका अध्यक्ष  प्रेमलकुमार खनालले तीजको शुभकामना मन्तव्य राख्दै तीजको शुभकामना दिएका थिए । कार्यक्रममा सीता ओझा, प्रभा शर्मा , कमला अमात्य लगायतले मन्तव्य राखेका थिए। 

Advertisement

कार्यक्रममा बोल्दै सीता ओझाले परापूर्वकालमा तीज किन र कसरी मनाइयो भन्ने विषयमा स्पष्ट पारी यसको अर्थ र महत्वको चर्चा परिचर्चा गरिन् । उनले मध्यकाल बाट सुरु भएको तीज पर्व बर्सामासामा खेतिको काम सकेर थकित भएका र महिलाहरूलाई माइत लगि मिठो र पोसिलो  खाना खुवाइ निराहार व्रत बस्ने चलन रहेको भन्दै अब निरहार व्रत बस्नै पर्ने कतै नलेखेको र यो महिलाहरूको मात्र नभै समस्त नेपालीहको  चाड पर्व भएको बताए ।

 कार्यक्रममा बोल्दै प्रमुख अतिथि राईले  तीजले एक आपसमा सहकार्यको चाडको रुपमा विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका विभिन्न  संघसस्थाका प्रमुख तथा सदस्यहरूको बलियो उपस्थिति थियो । 

कार्यक्रमका वक्ताहरूले हरितालिका तीजलाई तडकभडक नगरी सामान्य  र कम खर्चिलो गरेर मनाउनु पर्नेमा जोड दिएका थिए ।