भापा । किरात याक्थुङ् चुम्लुङ ३५ औं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन भदरपुरस्थित एनसिडिसी सामुदायिक भवनमा बिहीवार सम्पन्न भएको छ ।
भद्रपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष तथा पान्थर बहुमुखी क्याम्पसका लेक्चर मधुराज केरूङले अबको दिनमा याक्थुङ लिम्बू जातिहरू शैक्षिक र आर्थिक क्षेत्रमा विशेष लगानी गरेर अघि बढ्नुपर्ने कुरामा जोड दिनुहुँदै पहिचान र अस्तित्वको आन्दोलनमा समाहित भएर राजनैतिक अधिकारको निमित्त लड्नुको विकल्प नरहेको बताए ।
विशिष्ट अतिथि किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश सदस्य दिलु लिङदेन लावतीले याक्थुङ लिम्बू जातिहरू धारमिक, सांस्कृतिक संरक्षण र संबर्द्धनको नाममा या लाःङ, के लाःङ् मात्र नाचेर, गरगहना लाएर अबको दिनमा सो गरेर मात्र नहुने बताउँदै राजनैतिक चेतको विकास पनि गर्नुपर्ने पनि बताइन् ।
समारोहमा विशिष्ट अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेलले शुभकामना व्यक्त गर्दै चुम्लुङले संस्थागत विकास गर्दै धर्म, भाषा, साहित्य, संस्कार संस्कृति संरक्षण संबर्द्धन गरेकोमा गर्व लागेको कुरा बताउँदै स्थानीय सरकारबाट हुन सक्ने र सम्भव भएसम्म सहयोग हुने प्रतिबद्ता व्यक्त गरेका थिए ।
भदरपुर नगरपालिका वडा नं. ८ मा अध्यक्ष गौरव लिम्बू, किरात राई यायोख्खा झापा सल्लाहकार समर राई, नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद भद्रपुरका अध्यक्ष शम्सेर तामाङ्, याक्थुङ मुनचइतका महासचिव बिक्रम वनेम फागो, याक्थुङ युवा मञ्चका केन्द्रीय अधयक्ष राजेन्द्र इधिङगो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा जेबि काम्बाङ्, लक्ष्मी तावा, आइन्द्र आङदेम्बे र गणेश÷रीता तेयुङलाई प्रमुख अतिथि केरूङले सम्मान गरेका थिए भने पूर्व सचिव स्व. अर्जुन इधिङ्गो र स्व. बीरहाङ लिम्बूलाई मरणोपरान्त सम्मान गरेको थियो ।
नगर सदस्य धनपति माखिमको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा गायिका गंगा फियाक र याकथुङस्टार फाइनालिष्ट दिलिप माखिमको बेजोड सागितिक प्रस्तुति रहेको थियो । किरात याक्थुङ चुम्लुङ ३५औं स्थापना दिवस समारोह संयोजक सेसेहाङ् फियाकको सभापतित्वमा सम्पन्न समारोह कियाचु नगर सचिव नरदीप योङहाङ र सदस्य अनुखा लिम्बूले कार्यक्रम सञ्चालन गरेका थिए ।