January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

सत्र वर्षपछि परिवारसँग भेट

1.4K

काठमाडौँ । लागु औषध तस्करहरुको चंगुलमा फसेर २ सय २ महिना चिनियाँ जेलमा थुनिएकी धादिङ झार्लाङकी सानुमाया तामाङ १७ वर्षपछि नेपाल आईपुगेकी छिन् ।

शुक्रवार चिनियाँ जहाज बाट सानुमाया नेपाल आईपुगेकी हुन् ।

कमाउन मलेसिया पुगेका श्रीमानको उतै मृत्यु भएपछि घरपरिवार धान्न, छोराछोरी पालनपोषण र पढाई खर्च पु¥याउन र बुढा भईसकेका सासु ससुरालाई सुख दिन भन्दै २०६३ कात्तिकमा सानुमाया वैदेशिक रोजगारमा जान नेपाल छाडेकी थिइन ।

Advertisement

लागु औषधको कारोवार गर्दै आईरहेका अपराधीहरुले सिधा स्वभावकी साुनमायालाई षडयन्त्रमा पारेर वैदेशिक रोजगारीका लागि विदेश होइन नेपाल छाडेको भोलीपल्टै चिनियाँ जेलमा पु¥याएका थिए । तस्करहरुले उनलाई लागु औषधको क्याप्सुल खुवाएर पठाएका कारण चिनको छेन्दु विमानस्थलमा उनी पक्राउ परेकी थिईन् । २०६३ कात्तिक ९ गते बिहीवार छेन्दुु विमानस्थलमा पक्राउ परेकी सानुमायालाई त्यहाँको प्रहरीले लगाएको मुद्दाका आधारमा अदालतले आजिवन कारावास सजाय सुनाएर जेलमा राखेको थियो । नेपाल छाडेपछि ६ हजार १ सय ४८ दिन अर्थात २०२ महिना जेलमा बसेकी सानुमायालाई २०८० भदौ ७ गते चीनको जेलबाट रिहा गरिएको थियो ।

आजिवन कारावासको सजाय पाएकी सानुमाया असल चाल चलनका कारण जेहवाट रिहा भएपछि छेन्दुस्थित नेपाली महावाणिज्य दुतावासको सहयोगमा भदौ ८ गते उनी नेपाल आईपुगेकी हुन् । नेपाल फर्किएकी सानुमायाको एयरपोर्टमै परिवारसँग पुर्नमिलन भएको थियो । विदेश जानुअघि उनले पाटनको अनाथाश्रममा छाडेकी छोरीलाई जर्मनको एक चिकित्सक परिवारले धर्मपुत्रीका रुपमा स्विकार गरेर लगेको छ । जर्मन पुगेकी छोरीले एक–दुईपटक सानुमायासँग टेलिफोनमा कुरा गरको भएपनि अहिले सम्पर्कविहिन छिन् । छोरा बिक्रम बिहे गरेर काठमाण्डौंमै बस्दै आईरहेका छन् ।

आमाको अनुहार राम्रोसँग नठम्याउने हुंदै विछोड भएका बिक्रमले शुक्रबार एयरपोर्टमा आमालाई भेट्दा निकै रोएका थिए । चार वर्षको उमेरमा आमाबाट छुटेका विक्रमले पहिलो पटक आमा देख्दा चिन्न सकेनन । अहिले उनी २१ वर्षका भए ।