December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

चितवनमा ‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ कार्यक्रम सम्पन्न

890

काठमाडौं । कवि तथा पत्रकार राजु स्याङतानको
‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ सम्पन्न भएको छ । शनिबार नारायणी कला मन्दिर चितवनमा सम्पन्न कार्यक्रममा संगीतसहितको कविता वाचन गरिएको थियो।

कार्यक्रम मन्थन चितवन, नारायणी कला मन्दिर र कर्मी चौतारीको आयोजना तथा महानगर प्रज्ञा प्रतिस्ठान भरतपुरको सहयोगमा आयोजनामा सम्पन्न भएको हो ।

कार्यक्रममा ‘ओ पेङदोर्जे’ कवितासंग्रह भित्र रहेका ‘बिमा’ शिर्षक कवितामाथि कर्मी चौतारीले नाटक प्रस्तुत गरेको थियो भने ओ पेङदोर्जे संग्रहभित्रकै ‘आमा तिमी मात’ शिर्षकको कवितालाई ऋदम एन्ड पोएट्री (र्‍याप) मा गोरे भाइले र्‍याप संगीत प्रस्तुत गरेका थिए ।

Advertisement

कार्यक्रममा कवि राजु स्याङतानले आफ्ना एक दर्जन कविता वाचन थिए । कवितामाथि भुपिन खड्काले बोलेका थिए ।