April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ अन्तर्गत कविताहरू माथि नाटक र र्‍याप पनि प्रस्तुत गरिने

2.8K

काठमाडौं । कवि तथा पत्रकार राजु स्याङतानको
‘पोएट्री टुर २०२३ विथ ओ पेङदोर्जे’ अन्तर्गत शनिबार चितवनमा कार्यक्रम हुँदैछ । कार्यक्रममा संगीतसहितको कविता वाचन गरिने छ ।

मन्थन चितवन, नारायणी कला मन्दिर र कर्मी चौतारीको आयोजना तथा महानगर प्रज्ञा प्रतिस्ठान भरतपुरको सहयोगमा आयोजना हुन गइरहेको उक्त कार्यक्रममा ‘ओ पेङदोर्जे’ कवितासंग्रह भित्र रहेका ‘बिमा’ शिर्षक कवितामाथि कर्मी चौतारीले नाटक प्रस्तुत गर्ने छन् । कार्यक्रमकी संयोजक रन्जना लिम्बुका अनुसार ओ पेङदोर्जे संग्रहभित्रकै ‘आमा तिमी मात’ शिर्षकको कवितालाई ऋदम एन्ड पोएट्री (र्‍याप) मा गोरे भाइले र्‍याप संगीत प्रस्तुत गर्ने छन् ।

कार्यक्रममा कवि राजु स्याङतानले आफ्ना एक दर्जन कविता वाचन गर्ने छन् भने भुपिन खड्काले कवितामाथि बोल्ने छन् ।

Advertisement

कविताप्रति युवा बर्गको दृष्टिकोण बदल्ने उदेश्यले यश किसिमको कार्यक्रम गर्न लागिएको संयोजक लिम्बुले बताइन्। ‘युवा वर्गमा कविता प्रतिको आकर्षण बढोस् भन्ने हिसाबले यस कार्यक्रम आयोजना गर्न लागिएको हो । यस कार्यक्रमपछि युवा पुस्ताले कविताप्रतिको सोच बदल्ने छन्’, लिम्बुले भनिन् ।

कार्यक्रम दिनको ४ बजेदेखि सुरु हुनेछ ।