November 28, 2023, Tuesday
२०८० मंसिर १३
1:37:26 pm

गौरा पर्वले एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको छ: देउवा

1.1K

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गौरा पर्वले नेपाल र नेपालीको जनजीवनमा विशिष्ट पहिचान बनाएको बताएका छन् । गौरा पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले सुदूरपश्चिम क्षेत्रमा धुमधामसँग मनाइने यस पर्वले सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्‍याएको बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जसमध्ये गौरा पर्वले जनजीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विशेष गरी सुदूरपश्चिममा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको छ ।’

गौरा (पार्वती) र महादेव (शिव)को पूजा आराधना गरी व्रत बस्नाले ईष्ट र कुलदेवता प्रसन्न भई पारिवारिक सुख शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आजदेखि मध्य तथा सुदुरपश्चिम नेपालमा गौरा पर्व धुमधामले मनाइँदैछ ।

Advertisement