मकवानपुर । आफैँले आफ्नो संवेदनशील अङ्ग (लिङ्ग) काटेर मकवानपुरमा १ जना युवक घाइते भएका छन् । घाइते हुनेमा मकवानपुरगढी गाउँपालिका–७ नयाँगाउँका २२ वर्षीय नवीन हुमागाईं रहेका छन् ।
हुमागाईं बुधबार राति हेटौँडा उपमहानगरपालिका–१० बसपार्कस्थित फुलबारी होटल एण्ड लजमा बसेका थिए । होटलमा बसेकै बेला उनले आफ्नो लिङ्ग काटेको देखिएको प्रहरीले जनाएको छ ।
आफ्नो संवेदनशील अङ्ग काटेर असह्य भएपछि उनी उपचारका लागि पनि आफैँ अस्पताल पुगेका प्रहरीले जनाएको छ । उनी उपचारका लागि भनेर राति ११ः४५ बजेतिर हेटौँडा अस्पताल पुगेका थिए ।
अस्पताल पुगेका हुमागाईं आफूले राति १० बजेतिर आफ्नो लिङ्ग काटेको बताएका थिए। हेटौँडामा उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि चितवनको भरतपुर पठाइएको छ ।