काठमाडौं । साहित्यकार दिलीप योञ्जन तामाङको गीति एल्बम ‘आमा मेरी आमा’ विमोचित भएको छ । बुधवार एक कार्यक्रमबीच बरिष्ठ गीतकार कृष्णहरी बराल, साहित्यकार डा रेनुका सोलु, शुभ मुकारुङ, विश्व बल्भव, गीतकार तथा गजलकार शितल कादम्बिनी, संगीतकार राजेश थापा लगायतले विमोचन गरेका हुन ।
योञ्जनकी आफ्नी स्वर्गीय माता पासाङ डोल्मी तामाङप्रति समर्पित भएर रचना गरिएका एल्बममा ७ वटा गीतहरु रहेका छन् । यसमा मातृस्नेह, जीवन भोगाई, अध्यात्म दर्शन र जागरण भावलाई गीतमा समेटिएको छ ।
विमोचित एल्बमको समिक्षा गर्दै साहित्यकार डा रेनुका सोलुले योञ्जनले नेपाली साहित्य तथा गीत लेखनको क्षेत्र साथै समाज सेवाको क्षेत्रमा पु¥याएको योगदान अमुल्य रहेको बताइन् । आमालाई श्रद्धाञ्जली स्वरुप समर्पण गरिएको गीतमा मातृभूमि र आमाको कर्मबाट आपूु सफल भएको कुरालाई गीतमा समेटिएको बताइन् ।
बरिष्ठ गीतकार कृष्णहरी बरालले गीतकार योञ्जनले नेपाली गीत संगीत र साहित्यका विविध विधामा पु¥याएको योगदानलाई आम नागरिकले भुल्न नहुने बताए । योञ्जनका हालसम्म ६ बटा गीतिसंग्रह बजारमा आएका छन् । आगमन, अविरल, अमर, मान्छेको भिडमा, आस्था खोजीरहेको छु, अनुराग जस्ता एल्बमले नेपाली संगीतप्रेमी एवम् साहित्य अनुरागी मनहरुलाई आनन्दीत बनाएको उनले बताए । एल्बममा राजेश थापा र डिवी लामाको संगीत रहेको छ । साथै सुरेश लामा, प्रविण बेडवाल, श्रेयसी चेम्जोङ, शुभ तामाङ, सुनिता लो , सुमिना लो र अन्जु लामाको स्वर रहेको छ ।
कार्यक्रममा बोल्दै संगीतकार राजेश थापाले दिलीप योञ्जन आफैमा सशक्त गीतकार रहेको दाबी गरे । मौलिक सिर्जना र नेपाली माटोप्रतिको प्रगाढ स्नेह उनको गीतमा भेट्न सकिने दाबी गरे । एल्बमका गीतहरु संगीत तथा रेकर्डिङ दौरानको प्रसंगबारे बोल्दै संगीतकार थापाले दिलिप योञ्जनको शालिनता, परोपकारी भावना र सधै सही र सत्यको मार्गमा अडिग रहने स्वभावबाट आफू अत्यन्तै प्रभावित त नतमस्तक रहेको र यस अघि पनि गीतकार योञ्जनको एकल रचना र आफ्नो एकल संगीतमा दुई वटा गीति एल्बम प्रकाशनमा ल्याएको बताए ।
कार्यक्रमका विषयमा गीतकार संघका अध्यक्ष बसन्त वित्यासी थापाले गीतकार योञ्जनद्धारा रचित गीतिसंग्रह विमोचन गर्न पाउँदा आफूहरुलाई निकै खुसी लागेको बताए । कार्यक्रममा साहित्यकार, गीतकारहरु, गायक गायिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।