काठमाडौं । बातलाबाको ३० औं शृङ्खला ‘तीन कवि : तेब्बर कविता” सम्पन्न भएको छ । शनिबार प्रदर्शनमार्गस्थित पद्मोदय मा.वि. मा सम्पन्न कार्यक्रममा कवि लक्ष्मी रुम्बा, कृष्णकिसु न्यौपाने र युग सर्वनामले तीन-तीन वटा कविता वाचन गरेका थिए ।
कार्यक्रम कवि लक्ष्मी रुम्बाले ‘लामो रातपिछ’, ‘जंगल एक सपना’ र ‘घर एक सत्ता’ कविता वाचन गरेकी थिइन् भने युग सर्वनामले ‘रगतको पैदल यात्रा’, ‘युद्धबिराम’ र ‘छुट्नेहरू’ कविता वाचन गरेका थिए । कवि कृष्णकिसुले ‘मुग्लाने मजदुरको पत्र’, ‘आकांक्षा’ र ‘सरकर परिचय दिलाइ पाऊ’ कविता वाचन गरेका थिए ।
सिर्जनामाथि टिप्पणी गर्दै युवा समालाेचक पुरुषोत्तम रिजालले कृष्णकिसुको कवितामा गम्भीर सामाजिक विषयलाई कलात्मक रुपमा व्यक्त गरिएकाे चर्चा गरे । बताए । कविताको एक अंश वाचन गर्दै उनले यो शक्तिशाली कविता भएको बताए । किशुका कवितामा वैदेशिक राेजगारीमा गएकाहरुकाे नाप्न नसकिने दु:खभोगाइसँगै देशप्रतिकाे जिम्मेवारीबाेध समेत व्यक्त भएकाे उनकाे टिप्पणी थियाे ।
यस्तै अर्का कवि युग सर्वनामका कवितामा समतामूलक समाज निर्माणका लागि अधिकार र पहिचानको निरन्तर सङ्घर्षलाई आह्वान गरेकाे समालाेचक रिजालले बताए । ‘उत्पीडित वर्गकाे अधिकार प्राप्तिकाे आवाजलाई एकपटक लेखेर पुग्दैन । याे संघर्ष थकाइ मार्ने खालको हाेइन । सर्वनामका कविताले यही सन्देश मुखरित गर्छन् ।’ उनले भने ।
कवि लक्ष्मी रुम्बाको सधैँ पुरुषकाे कब्जामा रहने ‘घर एक सत्ता’ कवितामाथि आफूले टिप्पणी गरेर न्याय गर्न नसक्ने रिजालले ताए । कविलाई आफूले ज्यादै नजिकबाट चिनेकाले कवितामा कवि रुम्बाले आफ्नाे पारिवारिक पृष्ठभूमिलाई समेत जाेडेर यथार्थकाे नजिक पुर्याएकाे उनकाे धारणा थियाे । यस्तै, रुम्बाकाे ‘लामो रातपछि’ कवितामा राज्यसत्ताबाट तामाङ जाति उपर भएको उत्पीडनकाे इतिहासलाई सशक्त रुपमा उजागर गरेकाे बताए । ‘सबैभन्दा उत्पीडनमा पारिएका तामाङ जाति हुन् । दैलोमै राखेर शोषण गरिएको हो । यस विषयको चेत लक्ष्मीजीको कवितामा पाइन्छ ।’
कार्यक्रमका संयाेजक अखिल नेपाल लेखक सङ्घका अध्यक्ष स्वप्निल स्मृतिले बातालाबाकाे नियमित शृङ्खलालाई अझ प्रभावकारी रूपले निरन्तरता दिने बताए । कवि जीत अधिकारीले सञ्चालन गर्नु भएकाे कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदी, प्राज्ञहरु अगिव बनेपाली, डा.काैशिला रिसाल, समालाेचक कुमारी लामा, तेजविलाश अधिकारी, कवि राजु स्याङ्तान, बच्चु हिमांशु लगायतकाे उपस्थिति रहेकाे थियाे ।