September 25, 2023, Monday
२०८० आश्विन ८
1:37:26 pm

ललितपुरमा कक्षा ३ सम्म नेपाल भाषा पढाइने

690

ललितपुर । ललितपुर महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषामा पढाइने भएको छ । स्थानीय मातृभाषालाई प्राथमिकता दिँदै नेपाल भाषा पढाइन लागेको हो ।

महानगरपालिकाको आगामी आर्थिक वर्ष ०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बुधबार प्रमुख चिरीबाबु महर्जनले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि ३ सम्म नेपाल भाषाको पाठ्यक्रम तयार गरी लागू गरिने घोषणा गरेका हुन् । नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार प्रत्येक वर्ष माथिल्ला कक्षाहरूमा क्रमशः नेपाल भाषाका कक्षाहरु थप गर्दै लगिनेछ ।

सामुदायिक विद्यालयहरुमा नेपाल भाषाको पठनपाठन सञ्चालन गर्न प्रत्येक विद्यालयमा एक÷एक शिक्षकको व्यवस्था गरिने गरी ललितपुर महानगरपालिकाका ऐतिहासिक, परम्परागत स्थलहरु, सम्पदा, संस्कृति, रहनसहन, खानपान, सिपलाई प्रोत्साहन गर्न पाठ्यक्रम निर्माण गरेर व्यवहारिक शिक्षामा जोड दिने नीति लिएको जनाएको छ ।

Advertisement