September 21, 2023, Thursday
२०८० आश्विन ५
1:37:26 pm

नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित

775

काठमाडौं । नेपाली काँग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् । प्रतिपक्षी महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गर्दै कुँवर निर्वाचित भएका हुन् ।

संस्थापन पक्षका कुवँरले ४४१ मत प्राप्त गर्दा शेखर-गगन पक्षका यादवले ३७६ मत प्राप्त गरे । शुक्रबार सुरु भएको ट्रेड युनियन काँग्रेसको सातौं महाधिवेशनबाट पदाधिकारीका अन्य पदमा शेखर- गगन पक्षका उम्मेदवारले जितेका छन् ।

युनियनको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्रजंग कार्की निर्वाचित भएका छन् भने खुला उपाध्यक्षमा गणेशबहादुर केसी र महिला उपाध्यक्षमा राधिका कुइँकेल खनाल निर्वाचित भएका छन् । यस्तै, सेवा क्षेत्रतर्फको उपाध्यक्षमा नेत्रबिक्रम थापा, उत्पादन क्षेत्रतर्फको उपाध्यक्षमा ललितबहादुर श्रेष्ठ र अनौपचारिक  तथा स्वरोजगार क्षेत्रको उपाध्यक्षमा राजेश पालिखे निर्वाचित भएका छन् ।

Advertisement

यसैगरी, महासचिवमा अजयकुमार राई, खुलातर्फको उपमहासचिवमा जनार्दन भट्टराई र बलदेव तामाङ, महिला उपमहासचिवमा सुशीला घिमिरे निर्वाचित भएका छन् भने सेवा क्षेत्रतर्फको उपमहासचिवमा देवदत्त बडु, उत्पादन क्षेत्रको उपमहासचिवमा कुलबहादुर खड्का, अनौपचारिक तथा स्वरोजगार क्षेत्रको उपमहासचिवमा रुकमणी थापा अर्चना निर्वाचित भएका छन् ।

युनियनको कोषाध्यक्षमा सञ्जयकुमार दाहाल निर्वाचित भएका छन् भने सहकोषाध्यक्षमा रसामाया गुरुङ निर्वाचित भएका छन्।सदस्यतर्फको मत गणना भने जारी छ ।