लन्डन । नेप्लिज ब्रिटिश कम्युनिटी (एनबीसी) यूकेद्वारा आयोजित च्यारिटी डिनर तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । शनिबार ब्लु रुम स्पोर्टस् भेन्यूमा एक भव्य समारोहबीच कार्यक्रम सम्पन्न भएको हो ।
बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमलाई नेप्लिज ब्रिटिश कम्युनिटी यूकेले गरेका कार्यहरुको इतिहास समेटिएको सामाग्री प्रशारण गरेरे सुरुवात गरिएको थियो ।
पवित्र समाज सेवा नेपालको सहयोगार्थ आयोजित च्यारिटी कार्यक्रममा नेपालबाट आएका लोकप्रिय कलाकारहरु एलिना चौहान, सुमन कार्की र अन्जली अधिकारीले जोडदार प्रस्तुति दिएका थिए l
कार्यक्रम संस्थाका अध्यक्ष राजेन्द्र ओझाको अध्यक्षता सम्पन्न उक्त भएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ओझाले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । संयोजक ओझाले देशका हरेक दु:ख पीडामा संस्थाले सक्दो सहयोग गर्दै आएको र भावी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत आचार्यले एनबीसी यूकेले विगतमा गरेको कार्यको प्रशंसा गरेका थिए । उनले नेपालकै समाज सेवाका लागि सक्रिय अन्य विभिन्न सामाजिक कार्यमा पुरयाएको योगदान सह्रानीय रहेको बताए ।
संस्थाका कोषाध्यक्ष खेम जोशीका अनुसार कार्यक्रममा झण्डै ४ सय जनाको उपस्थिति रहेको थियो । अहिलेसम्म कति रकम सकंलन भयो र कति खर्च भयो भन्नेबारे विवरण आउन बाँकी रहेको उनको भनाई छ ।
एनबीसी युकेका पूर्व अध्यक्षहरु, कार्यसमिति र सल्लाहकार एवम् ट्रष्टी सबैको उपस्थिति रहेको उक्त कार्यक्रममा साना नानीहरु गिरिशा सुवेदी, अदिति गुरुङ, किशी सुवेदीले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन एनबीसी युकेका उपाध्यक्ष समिर प्याकुरेलले गरेका थिए ।