November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पाँचथरको कुम्मायक गाउँपालिका तथा वडा कार्यलयद्वारा बन्दको पालना

3.1K

पाँचथर । कुम्मायक गाउँपालिकामा ‘कोशी’ प्रदेश नामाङ्कन खारेजिको माग गर्दै २५ सदस्यीय संयुक्त संघर्ष समिति गठन गरिएको छ । किरात याक्थुङ चुम्लुङ् कुम्मायक गाउँ कार्यसमितिका अध्यक्ष पदम सुखी सम्बाहाम्फेको संयोजगत्वमा आन्दोलनलाई थप सशक्त बनाउन सर्वपक्षिय बैठक बसी संघर्ष समिति गठन गरिएको हो ।

सोमबार बसेको बैठकले षड्यन्त्रपूर्वक राखिएको प्रदेशको नाम कोशीलाई तुरुन्तै खारेज गर्न माग गर्दै एक प्रेस बिज्ञप्ती पनि जारी गरेको छ ।

कोशी आर्य पहिचानमा मात्र आधारित भएको र यो नामले आम जनसमुदायको माग, भावना र जनादेशलाइ सम्बोधन नगरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

Advertisement

शान्तिपूर्ण भइरहेको आन्दोलनलाई थप उचाइमा पुर्‍याउन कुम्मायक गाउँपालिकाको कार्यलय साथै गाउपालिकाका पाँच वटै वडा कार्यलयहरु १४ चैत देखि १७ गतेसम्मलाई बन्द गरिएको छ ।

संयुक्त संघर्ष समितिद्वारा आव्हान गरिएको गाउँपालिकाको कार्यलय र वडा कार्यलय बन्द कार्यक्रमलाई अक्षरस पालना गरेकोमा गाउँपालिका अध्यक्ष बमप्रसाद लावती, उपाध्यक्ष महेन्द्रबहादुर खड्का ,प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापो लगायत वडा अध्यक्षहरु देवेन्द्र लावती, बालकृष्ण शेर्मा, बाबुराम कार्की, फगेन्द्र सम्बाहाम्फे, निर्मलराज घिमिरे र सम्पूर्ण वडा सदस्यहरुप्रति संयुक्त संघर्ष समितिले आभार प्रकट गरेको छ ।

आफ्नो माग पूरा नभएसम्म संयुक्त संघर्ष समितिले गर्ने चरणबद्व आन्दोलनलाई नैतिक तथा भावनात्मक साथ सहयोग र समर्थन गरिदिन जनप्रतिनिधि तथा प्रशासन कर्मचारी तथा आम नागरिकलाई संघर्ष समितिले अनुरोध गरेको छ ।

किरात याक्थुङ चुम्लुङ कुम्मायक गाउँ कार्यसमितिको संयोजकत्व भइरहेको आन्दोलनलाई थाकथाक्को मावोहाङ चेम्जोङ बंश, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच लिम्बुवान, आदिवासी जनजाति महासंघ, किरात राई यायोख्खा, पापोहाङ शेर्मा सङ्जुम्भो, नेपाल मगर संघ, सम्बाहाङ्फे उत्थान संघ क्षेत्रीय कार्यसमिति, तामाङ धेदुङ संघ कुम्मायकले साथ दिइरहेको बताइएको छ ।