April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

प्रहरी भ्यानबाटै बलात्कार अभियुक्त फरार

२०७९ फाल्गुन १५

1.7K

काठमाडौं । धनुषा प्रहरीको भ्यानबाट हाम फालेर एक अभियुक्त फरार भएका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका सबैला नगरपालिका–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया आइतबार हतकडीसहित प्रहरी भ्यानबाट फरार भएका हुन् ।

धनुषा प्रहरीका अनुसार जिल्ला अदालत धनुषाबाट सात दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किदै गर्दा मुखिया कमला नहर नजिक भ्यानबाट हामफालेर भागेका हुन् ।

Advertisement

रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।