April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

आइएमइ लण्डनले प्रणय दिवसको अवसर पारेर सबैभन्दा राम्रो विनिमय दर दिने

2K

लण्डन । नेपाल र दक्षिण एसियाली देशहरू लगायत विश्वका विभिन्न देशहरुमा मुद्रा विनिमय गर्दैआएकोआइएमइ लण्डनले प्रणय दिवसको अवसरमा उच्च दर दिने घोषणा गरेको छ ।

विगत १६ बर्षदेखि सञ्चालनमा रहेको आइएमइ लण्डन बेलायतका सबैभन्दा लोकप्रिय रेमेट्यिान्स कम्पनीहरुमध्येमा पर्दछ ।

कम्पनीका प्रमुख कमल पौडेलले जानकारी गराएअनुसार ‘भ्यालेण्टाइन डे’ को अवसर पारेर आइएमई लण्डनले सबैभन्दा उत्कृष्ट दर दिएको हो । पौडेलका अनुसार यस अवसरमा बेलायतबाट ग्राहकहरुले विदेश पैसा पठाएबापत आइफोन र गिफ्ट ह्याम्पर जस्ता योजना पनि ल्याएका छन् । जसअनुसार भाग्यशाली ग्राहकहरुले उक्त चिट्ठाहरु पनि पाउने भएका छन् ।

Advertisement

सन् २००७ मा स्थापित आइएमइ लण्डन बेलायतमा दर्ता भएको संस्था हो । बेलायतको कर प्रणाली (एचएमआरसी) र वित्तीय कारोबारहरु नियमन गर्ने संस्था फाइनान्सियल कन्डक्ट अथोरिटीबाट नियमन हुन्छ ।