April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

चुलाचुली ४ मा युवा लक्षित नेतृत्व विकास तालिम सुरु

1.8K

चुलाचुली । इलामको चुलाचुली वडा नम्बर ४ मा सोमबारदेखि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ । चुलाचुली वडा नम्बर ४ को सहयोगमा युवा लक्षित नेतृत्व विकास तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै वडा नम्बर ४ की वडा सदस्य विष्णु माया गजनेरले युवा पुस्ताले आफूसँग भएको जोस र उर्जालाई रचनात्मक ढङ्गले उपयोग गराउन उनीहरुको क्षमता अभिवृद्धिको लागि नेतृत्व विकास आवश्यक रहेको बताएकी छन् ।

युवालाई लागू औषधको कुलतबाट मुक्त राखेर समाज र देशको भरोसाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै अर्का वडा सदस्य निरबहादुर राईले वडा कार्यालयले युवामैत्री कार्यक्रम बनाएको बताएका छन् ।

Advertisement

चक्रबहादुर गजमेरको अध्यक्षतमा सुरु भएको तालिमको उद्घाटन सत्रमा सुरेश कावाहाङ राईको सञ्चालन रहेको थियो ।

२० जना महिलासहित ४० जना भन्दा बढी सहभागी रहेको सो तालिमलाई सहजकर्ता एवम फोनिज संघीय उपाध्यक्ष कमन देवानले सहजीकरण गर्दैछन् ।