काठमाडौं । चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट संयोजक नीर शाहले राजिनामा दिएका छन् । शाहसहित दुई सदस्यले बुधबार राजिनामा दिएका हुन् ।
सदस्य तथा चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काको राजीनामा आएको साता नबित्दै संयोजकसमेत रहेका शाहको राजीनामा आएको हो । अध्यक्ष भुवन केसीले तीन महिनाअघि शाहको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेका थिए ।
शाहले कार्यव्यस्ताको कारण देखाउदै राजिनामा दिएको बताएका छन् ।