April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अलैँची गुणस्तर र बजार सुधार सम्बन्धि अन्तरक्रिया

2.1K

पाँचथर । पाँचथर सदरमुकाम फिदिममा नेपाल अलैँची व्यवसायी महासंघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा अलैँचीको बजार र गुणस्तर सुधार गर्नको लागि नीति निर्माणदेखि कृषकको उत्पादनको तहसम्म गर्नुपर्ने कामहरुको बारेमा छलफल भएको थियो । प्रदेश १ को कृषि मन्त्रालयको सहयोगमा सम्पन्न भएको कार्यक्रममा अलैँचीको समस्याका बारेमा कृषक र सरोकारवाला बीचमा छलफल भएको थियो ।

कुनै समय १ लाख २० हजार रुपैयाँ प्रति मन (४० किलो) हाल २५ हजार रुपैयाँमा मात्र कारोबार भैरहेको छ । अलैँची उत्पादन गर्दै आएका कृषकले अलैचिको मूल्य नआएको भन्दै अलैँची बगान नै मास्न थालेको गुनासो गरे ।

नेपालको अलैँचीको बजार भारतमा निर्भर रहेको र भारतका विभिन्न क्षेत्रमा समेत ठूलो मात्रामा अलैँची उत्पादन हुन थालेकोले नेपालको अलँैचीको मूल्यमा त्यसको प्रभाव परेको व्यवसायीहरुले बताए ।

Advertisement

कार्यक्रममा पाँचथरसहित इलाम र ताप्लेजुङ का अलैचि कृषककोसमेत सहभागिता रहेको थियो ।

अलँैची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराइको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।