April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

अब सातवटै प्रदेशबाट श्रम स्वीकृति सेवा प्रदान हुने

1.8K

काठमाडौं । आज (आइतबार)देखि सातवटै प्रदेशबाट श्रम स्वीकृति सेवा प्रदान गरिने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौंबाट मात्रै प्रदान गर्दै आएको संस्थागत र व्यक्तिगत श्रम स्वीकृति अब प्रदेशस्तरबाट प्रदान गर्ने भएको हो ।

वैदेशिक रोजगार कार्यालय पोखरा र बुटवलबाट केही समय अघिदेखि नै संस्थागत, व्यक्तिगत र पुनः श्रम स्वीकृति सेवा प्रदान हुँदै आएको छ भने
आजदेखि श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि  संस्थागत र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुने मन्त्रालयले जनाएको छ ।यसअघि पुनः श्रम स्वीकृति मात्रै हुँदै आएका यी कार्यालयबाट यही पुस २४ गतेदेखि संस्थागत र व्यक्तिगत श्रम स्वीकृति पनि प्रदान हुने भएको हो ।

यस्तै, श्रम तथा रोजगार कार्यालय सुर्खेत र कैलालीको धनगढीबाट पनि पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति प्रदान हुन थालेको छ । आगामी आइतबारदेखि विराटनगर र जनकपुरमा रहेका श्रम तथा रोजगार कार्यालयबाट समेत सबै किसिमका श्रम स्वीकृति पाइने व्यवस्था हुने जनाइएको छ ।

Advertisement