April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

तमुधिं यूकेको अध्यक्षमा हरि गुरुङ

3.5K

लन्डन । तमुधिं यूकेको १२औं नयाँ कार्यसमिति निर्वाचित भएको छ । मिचेटस्थित तमुधिं यूकेको भवनमा शनिबार भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष हरि गुरुङको नेतृत्वमा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध भएको हो ।

निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङका अनुसार अध्यक्ष हरि गुरुङ र अन्य पदाधिकारी साथै कार्यसमिति सदस्यबारे औपचारिक घोषणा आउँदो २६ तारिखमा हुनेछ ।

तमुधिं यूकेमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, सहसचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष रहने व्यवस्था छ । त्यस्तै खेलकुद सचिव, मिडिया सचिव, सांस्कृतिक सचिव, च्यारिटी डिपार्टमेन्ट प्रमुख, प्रोपर्टी डिपार्टमेन्ट प्रमुख, युवा संयोजकसहित कार्यकारी सदस्यहरु चयन गरिन्छ ।

Advertisement

निर्वाचनमा अध्यक्ष हित काजी गुरुङ अन्य पदाधिकारी, निर्वाचन समितिका संयोजक एकेन्द्र गुरुङ, सदस्यहरु नारायणसिङ गुरुङ, मेरि कृष्णबहादुर गुरुङलगायतको उपस्थिति थियो ।

यसैबीच, तमूधिं यूकेले यही डिसेम्बर ३१ तारिखमा हि ल्हो (बिरालो वर्ग) को अवसरमा ल्होछार कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा लोक तथा दोहोरी गीतका कलाकारहरु चिज गुरुङ, भिमु गुरुङ, लोकगायक सुरेन्द्र गुरुङ बेलायत आउने भएका छन् । कार्यक्रम अल्डरसटस्थित एम्पायर हलमा बेलुकी ५ बजेदेखि हुने छ ।