March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

आचार्य प्रभाको लघुकथा संग्रह ‘विधुर पुरुष’ सार्वजनिक

1.9K

काठमाडौं । साहित्यकार आचार्य प्रभाको लघुकथा संग्रह ‘विधुर पुरुष’ सार्वजनिक भएको छ । शनिबार काठमाडौं अनामनगरस्थित निम्तो रेस्टुरेन्टमा एक कार्यक्रबीच संग्रह सार्वजनिक गरिएको हो ।

संग्रहलाई लघुकथा समाज नेपालको संस्थापक श्रीओम श्रेष्ठ रोदन, लघुकथा समाजको महासचिव सुमन सौरभ, साहित्य पोस्टको सम्पादक आश्विनी कोइराला र चलचित्र निर्देशक प्रकाश सायमीले कृतिको सार्वजनिक गरेका हुन् ।

साहित्यकार आचार्य प्रभाले यस ‘विधुर पुरुष’ मार्फत् कथामा पुरुष पीडा बोल्न खोजेकी बताइन् । पुरुषको पनि आफ्नै पीडा हुने बताउदै श्रीमती नहुँदा पुरुषमा कति असह्य पीडा हुन्छ भन्ने देखाउन कृतिको नामै विधुर पुरुष राखिएको उनको भनाइ थियो ।

Advertisement

यस्तै, कृति पाठकमाझ ल्याएकोमो बधाई दिँदै चलचित्र निर्देशक प्रकाश सायमीले नारी हस्ताक्षर कम भएको बेला अभाव र संकटसँग जुझ्दै कृति ल्याएको बताए । लेखकले लेखकले लिंग, जाति, क्षेत्र र भूगोल कसैलाई चोट नपु¥याई लेख्न निकै सजग हुनुपर्ने पनि उनको भनाइ थियो ।

कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय पूर्व अध्यक्ष राधेश्याम लेकाली, लघुकथा समाज नेपालका केन्द्रीय महासचिव सुमन सौरभ, लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यस्तै प्रमुख अतिथि भागिरथी श्रेष्ठले नेपाली साहित्यमा नारी हस्ताक्षर आउनु खुसीको रहेको बताइन् भने साहित्य पोस्टका सम्पादक तथा कार्यक्रमका सभाध्यक्ष आश्विनी कोइरालाले नेपाली साहित्यका उन्नयनका लागि साहित्य क्षेत्रका सबै खाले काम गर्ने प्रतिबद्धता जनाए ।

सम्पादक आश्विनी कोइरालाको अध्यक्षतमा सम्पन्न उक्त कार्यक्रमको संचलन ममता मृदुलले गरेकी थिइन् ।