February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

समाजसेवी ‘थाकुहाङ योगेन्द्र तुम्बापो’ को सम्झनामा प्रतिष्ठान गठन

4.3K

प्रकाश दिप्साली राई

नडाहा । गत असोज १२ गते दिवंगत भएका समाजसेवी एवम् धार्मिक व्यक्तित्व थाकुहाङ योगेन्द्र तुम्बापोको नाममा सम्झनामा छोराहरुले ‘शब्दी गुरु थाकुहाङ योगेन्द्र तुम्बापो स्मृति प्रतिष्ठान’ गठन गरेका छन् । गत कार्तिक ३० गते श्रीमती सन्चहाङमा मिभकको अध्यक्षतामा बसेको भेलाले सो प्रतिष्ठान गरेको हो ।

उक्त प्रतिष्ठानको अध्यक्षमा स्वर्गीय तुम्बापोको छोरा कवि कबिन तुम्बापो रहेका छन् । यस्तै क्रमशः उपाध्यक्ष कमला तुम्बापो, सचिव/अर्थ–सन्देश तुम्बापो, सचिव मिक्फुङ माङयुङ, सह सचिव, केबि तुम्बापो रहेका छन् । सदस्यहरुमा एकलब्य तुम्बापो, रीता तुम्बापो (पान्थर)रहेका छन् । प्रतिष्ठानको संरक्षक श्रीमती सन्चहाङमा मिभक रहेका छन् भने सल्लाहकार समितिमा संयोजक भक्त तुम्बापो ए, सदस्यहरु भक्त तुम्बापो बि, जया तुम्बापो रहेका छन् ।

Advertisement

दिवङ्गत थाकुहाङ योगेन्द्र तुम्बापो बिरनसिंह र फिस्तिहाङमा खेवा तुम्बापोको कान्छा छोराको रुपमा २०११ मंसीर २० गते आइतबारका दिन केराबारी –२, सिंहदेवीमा जन्मेका थिए । स्वर्गीय थाकुहाङ योगेन्द्र तुम्बापो लेखक समेत थिए । उनको ‘कुनु कुभेन अमप्मा खाइक मुन्धुम’ (२०७१) प्रकाशित छ भने दर्जनौं कृति प्रकाशोन्मुख छ । उनी समाजसेवामा समेत समर्पित थिए । उनी दर्जनौं सामाजिक संघ सस्थामा पनि आबद्ध थिए ।

प्रतिष्ठानले गरिब दुःखी तथा जेहेन्दार, अशक्त असहाय, अपाङगता, टुहुरा र अनाथहरुलाई राहत दिने, गाउँ समाज, राष्ट्रप्रति उत्कृष्ट योगदान पुर्‍याउनेव्यक्तिहरुलाई सम्मान, विविध विधाबाट उकृष्ट व्यक्तिहरुलाई सम्मान, खेलकुद तथा मनोरञ्जनात्मक गतिविधि सन्चालन गर्ने, साहित्यक तथा साँस्कृतिक कार्यक्रमहरुको आयोजना गर्ने, जनचेतनामूलक सीपमूलक सामाजिक कार्यहरु गर्ने उदेश्य रहेको प्रतिष्ठानका अध्यक्ष कवि कविन तुम्बापोले बताए ।