November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड

२०७९ कार्तिक ३०

1.4K

चितवन । प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ का गठबन्धनका साझा उम्मेदवार उमेश श्रेष्ठ सवार गाडीमा तोडफोड भएको छ ।

बुधबार विहान भरतपुर महानगरपालिका–१० पुरानो मेडिकल कलेज नजिकै आमा समूहले गरेको कार्यक्रममा सहभागि हुँदै गर्दा ३ वटा मोटरसाइकलमा आएका समूहले ढुंगा हानेर गाडीको सिसा फुटाएका छन् ।

बा ३ च २०५० नम्बरको हरियो रंगको गाडीमा तोडफोड हुँदा अगाडिको सिसा फुटेको छ । तोडफोड गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । उम्मेदवार श्रेष्ठ विहानैदेखि भरतपुरका विभिन्न क्षेत्रमा घरदैलोमा व्यस्त छन् ।

Advertisement