काठमाडौं : चितवनको रत्ननगर नगरपालिका १० कैलास टोलस्थित एक उद्योगमा आगलागी भएको छ।
पल्पी नामको फलफूलको जुस उत्पादन गर्ने बेभरेज प्रालिमा आज बिहान ४ बजेदेखि आगलागी भएको चितवन प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर लागेको आगो अझै नियन्त्रणमा नआएको चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
अहिले भरतरपुर र रत्ननगरबाट गएको दमकलको सहायतामा आगो निभाउने प्रयास भइरहेको उनले बताए। प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरेपनि नियन्त्रणमा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ।