April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

पहिचान पुरस्कार २०७८ का लागि उत्कृष्ट ६ पुस्तकहरु छनौट

2K

काठमाडौं । पहिचान पुरस्कार कोषले २०७८ को लागि उत्कृष्ट ६ वटा पुस्तकहरु छनोट गरेको छ । बसन्त बस्नेतको ‘महाभारा’ केशव सिलवालको ‘चिबेचरा’, कविता राईको ‘गुरु’, अर्जुनबाबु माबुहाङ र अमित थेवेको ‘सिरिजंगा, फाल्गुनन्द र ईमानसिंह चेम्जोङका लेखोट’, दिलिप बान्तावाको ‘ताल्चा’ र मालीका केशरीको दुङाल यस वर्षको उत्कृष्ट ६ पुस्तक छनौट भएका हुन् ।

यसभन्दा अगाडी ७ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् भने पहिचान सम्मानबाट लेखक तथा राजनैतिक विश्लेषक खगेन्द्र संग्रौला सम्मानित भएका छन् ।

राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको कविता संग्रह ‘गोयङको सुगन्ध’, यज्ञशको कथा संग्रह ‘भुइयाँ’, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र उन्मुक्त पुस्ताको कविता संग्रह ‘आफर’लाई संयुक्त रुपमा प्रदान गरेको छ । त्यसै गरी श्याम शाहको कथा संग्रह ‘पथेर’ र अनन्त वाग्लेको उपन्यास ‘कदम’लाई पनि संयुक्त रुपमा पहिचान पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

पुरकस्कार राशी ४,०२,००२ (अक्षरुपी चार लाख दुई हजार दुई रुपैयाँ) रहेको छ । प्रत्येक वर्ष पहिचान पुरस्कारको घोषणा पौष महिना हुने कोषले जनाएको छ ।