April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

परराष्ट्र मन्त्री डा. खड्का एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुने

1.7K

लन्डन । परराष्ट्र मन्त्री डा. नारायण खड्का बेलयातकी स्वः महारानी एलीजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा उपस्थित हुने भएका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका खड्का शनिवार बेलुकी हीथ्रो विमानस्थलमा अवतरण हुने जनाइएको छ ।

नेपाली जनसम्पर्क समिति युकेका सभापति युवराज गुरुङका अनुसार खड्का शनिवार टर्किश एयरबाट हीथ्रो टर्मिनल दुईमा रातीको १०ः२५ बजे अवतरण हुनेछन् ।

खड्काकोे स्वागतको लागि उपस्थित भइदिन सभापति गुरुङले आग्रह समेत गरेका छन् ।

Advertisement