पोखरा । पोखराबाट मुस्ताङका लागि उडेको समिट एयरको जहाज ७ मिनेटमा पोखरा विमानस्थलमै अवतरण गरिएको छ। विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा उडेको समिट एयरको जहाजमा समस्या निम्तिएपछि आपतकालीन अवतरण गरिएको हो ।
उडेको ७ मिनेटपछि जहाजको इन्डिकेसनमा समस्या आएको भन्दै सोही विमानस्थलमा अवतरण गरिएको हो । जहाजमा १८ यात्रु मुस्ताङ थिए । इन्डिकेसनमा समस्या देखिएको भन्दै क्याम्टेनले सिंगल इन्जिनबाट ल्याण्ड गरेको र मस्या के हो भन्ने कुरा इन्जिनियरहरुले चेकजाँच गरेपछि पत्ता लाग्ने जनाइएको छ ।