काठमाडौं । मदन पुरस्कार २०७८ को अन्तिम सूची सार्वजनिक भएको छ । मदन पुरस्कार गुठीमा प्राप्त २९९ पुस्तकहरूबाट दिपा मेवाहाङ राईको कवितासंग्रह ‘यादको सन्दुक’ सहित ८ पुस्तकहरू मदन पुरस्कार– २०७८ को श्रेष्ठ सूचीमा परेका हुन् ।
दक्षिण कोरियालाई कर्मथलो बनाउदै आएकी दिपाको ‘यादको सन्दुक’ पहिलो कवितासंग्रह हो । फिनिक्स बुक्सद्धारा प्रकाशित उक्त संग्रहले पाठकको मन जितिरहेकै बेला मदन पुरस्कार गुठीको उत्कृष्ट ८ मा पर्न सफल भएको हो ।
श्रेष्ठ सूचीमा परेका अन्य पुस्तकहरुमा वसन्त बस्नेतको ‘महाभारा’, डा. नवराज लम्सालको ‘अग्नि’, डा. नयनाथ पौडेलको ‘लिच्छवि लिपि’, डा. दामोदर पुडासैनी ‘किशोर’, ‘ग्रिष्मको नीलो बतास’, डा. नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत (नेपाली शब्दकोश)’, सुजित मैनालीको ‘सति–ईतिहास र मीमांसा’, पद्मसुन्दर जोशीको ‘हिति प्रणाली’पुस्तक पुस्तक रहेका छन् ।
यी ८ पुस्तक मध्ये एक पुस्तकलाई ०७८ सालको मदन पुरस्कार दिइने गुठीले एक विज्ञप्ति जारि गरी जानकारी दिएको छ ।