November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

पाकिस्तानमा बाढीपीडितको उद्धार गर्न गएको सैनिक हेलिकप्टर दुर्घटना, ६ को मृत्यु

2.7K

काठमाडौं । पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा लेफ्टिनेन्ट जर्नेलसहित ६ जनाको मृत्यु भएको छ। बलुचस्तान प्रान्तमा आएको बाढीपीडितको उद्धारमा खटिएको  उक्त हेलिकप्टर सोमबार साँझ दुर्घटनामा परेको द डनका अनुसार थियो। खराब मौसमका कारण हेलिकप्टर दुर्घटना परेको बताएको छ।

उक्त दुर्घटनामा लेफ्टिनेन्ट जर्नेल सर्फराज अली ६ जना अधिकृतहरूको मृत्यु भएको हो। पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले हेलिकप्टर दुर्घटनामा परी सैनिक अधिकारीहरूले ज्यान गुमाएको घटनाले राष्ट्र शोकमा परेको बताएका छन्।

उनीहरूले बाढीपीडितलाई राहत पुर्‍याउने पवित्र काम गरिहेका थिए,’ सरिफले ट्विट गर्दै भनेका छन्,‘मातृभूमिका यी सपुतप्रति हामी ऋणि हुनेछौं। मृतकका परिवारप्रति मेरो गहिरो सहानुभूति छ।’

Advertisement

दुर्घटनामा परेको हेलिकप्टरको भग्नावशेष मंगलबार फेला परेको थियो।